Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

माधव नेपाल पक्षद्वारा संसदीय दलको बैठक बहिष्कार


नेकपा एमालेको माधव नेपाल पक्षले संसदीय दलको बैठक बहिष्कार गरेको छ ।
संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरु उपस्थित छैनन् ।
बिहान बसेको स्थायी समितीको बैठक पनि माधव पक्षले बहिष्कार गरेको थियो । बैठक चलिरहँदा बैठक स्थलमा पुगेका भीम रावल लगायतका नेताले स्थायी समिति रोक्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेपनि एकलौटी तबरले बैठक सञ्चालन गर्न खोजेको भन्दै उनीहरु बैठक स्थलबाट बाहिरिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार