नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य पनि ९२ हजार ५ सय रुपैयाँमा झरेको छ।
चाँदीको मूल्य भने सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले बढेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ।





