सुनसरीको कोशी गाउँपालिका-१ बाट पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीका टोलीले सोमबार बेलुका साढे ४ बजे बिएस होटलबाट नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा भारतको बिहार अररिया, बासमटियाका ३५ वर्षीय विद्यानन्द राम र २४ वर्षीय हासिम अंसारीलाई रहेको प्रहरीले जनाएको छ।
होटलको कोठामा बसिरहेको अवस्थामा कोठा खानतलासी गर्दा ओछ्यानमा लुकाई राखेको पेस्तोल दुई थान, म्याग्जिन चार थान, गोली ३ राउण्ड बरामद गरिएको हो।
यस्तै‚ मोबाइल एक थान, भारतीय नम्बर बिआर ५० के ०१४९ को मोटरसाइकल र भारतीय २ हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ।





