Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

माइतिघरमा अभियन्ताहरुले गरे राष्ट्रिय लुतो फालेको घोषणा


स्वतन्त्र राष्ट्रिय अभियान नेपालले देशमा रोगका रुपमा रहेको एमसीसी, विदेशी हस्तक्षेप, भ्रष्टाचार र संसदीय विकृतिलाई राष्ट्रिय लुतो भन्दै विभिन्न विकृतिको विरोध स्वरुप लुतो फाल्ने कार्यक्रम सम्पन्न गरेको छ ।

साउने संक्रान्तिको अवसर पारेर राजधानीको माइतिघर मण्डला, पोखरा लगायत देशका विभिन्न स्थानमा लुतो फाल्ने कार्यक्रम आयोजना गरिएको अभियानले जनाएको छ ।

साउन १ गते लुतो रोग फ्याक्ने मात्र नभई देशकै रोगका रुपमा देखिएका विभिन्न विकृतीरुपी लुतो फ्याक्ने भन्दै प्रतिकात्मक रुपमा लुतो फाल्ने, थाल ठटाउने, शंखबजाउने र पूजापाठ लगायतको काम गरेको छ । कार्यक्रममा अभियान्तासमेत रहेका अभियानका केन्द्रीय अभियन्ताहरु अधिवक्ता कृष्ण प्रसाईं, रामराजा आचार्य, बोधनाथ न्यौपाने, नवीन मैनाली र रोशा नेपाल, संगीता सारथी समेतले सीमा मिचिएको र एमसीसीरुपी लुतोलाई नेपालमा आउन दिन नहुने र एमसीसी लुतो बराबर भएको भन्दै त्यसलाई फाल्नु पर्ने बताएका थिए ।

लुतो फ्याक्ने कार्यक्रम वैदिक विधिपूर्वक सडकमै पूजापाठसमेत गरिएको थियो । वैदिक विधिपूर्वक लुतो फाल्ने पूजापाठको प्रक्रिया शास्त्री चन्द्र प्रसाद भट्टराईले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार