Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

ओलीको बार्दली भाषणपछि भड्किएको एकता प्रयास फेरि शुरु


नेकपा एमालेको दोस्रो तहका नेताहरु फेरि पार्टी एकता प्रयासमा जुटेका छन् । संसद पुनःस्थापनाबारे अदालतको फैसला आएसँगै व्यक्तिगत गाली गलौजको तहमा उत्रिएका नेताहरु अहिले पार्टी एकताको प्रयासमा जुटेका हुन् ।
प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएको भोलिपल्ट दलबलसहित बालुवाटारबाट बालकोट सरेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई घरको बार्दलीबाट लाजशरम पचेको मान्छे भन्दै गाली गरेपछि एकता प्रकृया भाँडिएको थियो ।
ओली अभिव्यक्तिपछि बिच्किएका माधव नेपाल पक्षीय नेताहरुले स्थायी कमिटी बैठकदेखि संसदीय दलको बैठकसम्म बहिष्कार गरेका थिए । माधव नेपाल पक्षीय टिमले बैठक बहिष्कार गरेपछि झस्किएका ओली पक्षीय नेताहरुले बैठकमै अध्यक्ष ओलीलाई शब्द चयनमा ध्यान दिन सुझाएका थिए ।
पहिलो तहका नेताहरु व्यक्तिगत टकरावमा रहिरहँदा पार्टी नै विभाजन हुने खतरा बढेको भन्दै दोस्रो तहका नेताहरु भने आज बिहानैबाट छलफलमा जुटेका हुन् । हाल एमालेको एकता कार्यदल भने भंग भइसकेको छ । कार्यदल भंग भएपनि दोस्रो तहका नेताहरु भने १० बुँदे सहमतिको इमान्दार कार्यान्वयनका लागि नेतृत्वलाई दबाब दिन सकिए पार्टी एकता जोगिनेमा विश्वस्त छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार