झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको राप्ती-४ निवासी १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङको भुइँखोला-३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी-४ निवासी २३ वर्षीय अनिल विक रहेका छन् ।
प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकका अनुसार दमक नगरपालिका-२ स्थित भाङवारिमा गए राति प्र १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको थियो।
एउटै मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी पाठकले बताए। उनीहरू सुनचाँदी पसलमा काम गर्दै आएका थिए ।





