Logo
११ आश्विन २०८३, आईतवार
|  Sun Sep 27 2026

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले घटेको हो।

महासंघले छापावाल सुनको मूल्य बुधबार तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । मंगलबार ९३ हजार रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य बुधबार ९२ हजार रुपैयाँ तोकिएको छ । महासंघले बुधबारका लागि चाँदीको खरिद बिक्री मूल्य तोलाको एक हजार दुई सय ६० रुपैयाँ तोकेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार