Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच आज संवाद हुँदै


अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज टेलिफोन संवाद हुने भएको छ । युक्रेनमा बढिरहेको तनावको विषयमा अमेरिकी राष्ट्रपति बाइडेनले यो महिना दोस्रो पटक आज रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन कुराकानी गर्न लागेका हुन् ।

रुसले युक्रेनमा बढाइरहेको सेनाको तैनाथी र अन्य विषयमा छलफल हुने खबरमा उल्लेख छ । युक्रेनसँगको सीमामा सेना परिचालन गरेको रुसले तत्कालै आक्रमण गर्ने योजना अस्वीकार गर्दै आएको छ ।

बाइडेनले आफ्ना रुसी समकक्षीलाई कुटनीतिक मार्ग प्रस्ताव गर्ने तर सीमामा रुसी सेनाको उपस्थितिबाट गम्भीर चिन्तित रहेको सन्देश दिइसकेका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा थप आक्रमण गरेमा अमेरिका प्रतिक्रिया दिन तयार रहेको प्रतिक्रिया पनि दिइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार