Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव नेपालमा, यी स्थानमा हिमपातको सम्भावना


हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग तथा विहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले सोही प्रभावका कारण गण्डकी प्रदेश र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ। धेरै स्थानहरूमा हुस्सु कुहिरो लागेको जानकारी दिएको छ। यसैगरी, आज दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भूभागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। देशभर वर्षा र हिमपात भएकाले चिसो बढेको छ। चिसो बढेसँगै बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले आवश्यक स्वास्थ्य सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार