Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

फेरि किन जान थाल्यो झ्याप झ्याप बत्ती ? कुलमानले दिए यस्तो प्रतिक्रिया


काठमाडौं उपत्यकाका विभिन्न स्थानमा केही दिनदेखि विद्युत आपूर्तिको समस्या बढिरहेको छ। विद्युत खपत बढेका कारण कहीँकतै फिगर र धेरै ठाउँमा ट्रान्समिटरले ‘ओभरलोड’ नधान्दा समस्या सिर्जना भएको उनले बताएका छन्।पानी पर्नु अघिल्लो दिनदेखि एक्कासी विद्युत खपत बढेको उनले बताए। उनले काठमाडौं उपत्यकामा मात्रै समस्या देखिएको बताएका छन्। उनले स्पष्ट पारे, ‘विद्युत आपूर्ति नपुगेर होइन, फिगर र ट्रान्समिटरले नधान्दा समस्या देखिएको हो।’

अहिले १७ सय मेगावाट विद्युत खपत भइरहेको बताउँदै उनले त्यति आपूर्ति गर्ने क्षमता प्राधिकरणसँग रहेको बताए। उनले भने, ‘विद्युत सप्लाइको क्षमता नपुगेर समस्या भएको होइन। अपर तामाकोशी आएपछि सहज भएको छ। बेलुकीको पिक आवरमा १७ सय मेगावाट र बिहान साढे १५ देखि १६ सय मेगावाटसम्म खपत हुन्छ। विगतका वर्षका तुलनामा यसपल्‍ट ८० देखि सय मेगावाट माग बढेको देखिन्छ।’

उनले विद्युत सव स्टेशनबाट, फिगर र फिगरबाट ट्रान्सफर्मर हुँदै विद्युत वितरण हुने बताउँदै केही ठाउँमा फिगर र धेरै ठाउँमा ट्रान्सफर्मले लोड नथेग्दा समस्या आएको बताएका छन्। उनले भने, ‘काठमाडौंमा ३७ सयदेखि ३८ सय ट्रान्सफर्म छन्। एउटा ट्रान्सफर्मबाट कहीँ २० त कहीँ लोड हेरेर ५० परिवारलाई विद्युत वितरण गरिएको हुन्छ। चिसो बढेपछि हरेक घरले एसी र हिटरको प्रयोग बढाउँदा ट्रान्सफर्मले नधानेर कतै जलेको छ र कतै अफ भएको छ।’

कतिपय ठाउँमा केबलहरुमा आगलागी भएको उनी बताउँछन्। गुनासो आएपछि सकेसम्म ट्रान्सफर्मर परिवर्तन गर्न सक्रिय भइसकेको उनले बताए। लोड नथेगेका ठाउँमा अहिले क्षमता बढी भएका ट्रान्सफर्मर राखिरहेको उल्लेख गरे। ट्रान्सफर्मर परिवर्तन गर्दा पूरै फिगरको लाइन काटिने भएकाले समस्या देखिएको उनको भनाइ छ। उनले भने, ‘ट्रान्सफर्मरमा समस्या आउँदा फिगरकै लाइन काट्नुपर्छ। यसले गर्दा चार पाँच घन्टा त्यो एरियामै समस्या हुन्छ।


प्रतिक्रिया दिनुहोस !
विचार