Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

माधव नेपालको सल्लाहपछि प्रधानमन्त्रीले आजै विश्वासको मत लिने


प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेका छन् । संसद पुनःस्थापना भएपछि बस्न लागेको पहिलो बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी गरेका हुन् ।
एमाले र जसपाको विवाद टुंगिएपछि विश्वासको मत लिने देउवाको यसअघिको तयारी भएपनि ढिला गरी विश्वासको मत लिन लाग्दा सांसदहरुले कित्ता परिवर्तन गर्ने सम्भावना देखिएको भन्दै एमाले नेता माधवकुमार नेपालले देउवालाई आजै विश्वासको मत लिन सल्लाह दिएको बुझिएको छ । कांग्रेस नेताहरुले पनि देउवालाई आजै विश्वासको मत लिन सल्लाह दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार