पाल्पाको रिब्दीकोटमा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा आठजना घाइते भएका छन् ।पाल्पाको रिब्दीकोट गाउँपालिका ३ लघुवामा आज बिहान बस दुर्घटनामा परेको हो । लु १ ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बसमा कम्तिमा पनि ३५ जना मलामी सवार रहेको बताइएको छ । बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जानकारी गराएको छ । अहिले पनि उद्धार कार्य जारी रहेको छ ।
घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन् । मृत्तकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । दुर्घटना बिहान १०ः३० बजे भएको बताइएको छ ।





