Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

ओलीले भने : माधव गद्दार हुन् अब एमालेमा रहँदैनन्


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई गद्दार भन्दै पार्टीमा स्थान नभएको बताएका छन् ।
ललितपुरको च्यासलमा बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल कम्युनिष्ट आन्दोलनका लागि गद्दार भएको बताए । आफ्नो पार्टी नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउँने व्यक्ति कम्युनिष्ट हुनै नसक्ने उनले जिकिर गरे ।
माधव नेपाललाई अब एमालेमा अलिकति पनि स्पेस दिन नसकिने बताउँदै उनले बाटो बिराएका अन्य नेताहरुलाई भने सुध्रिएर आए ठाउँ दिन सकिने बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार