Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

२६ वर्षीय श्रीमतीको घाँटी थिचेर हत्या


रुकुम पश्चिमका एक युवाले मादक पदार्थ सेवनगरी श्रीमतीको हत्या गरेका छन्। रूकुम पश्चिम बाफिकोट गाउँपालिका–९ स्थित झुला पिपल टोलका दलजीत खनालले २६ वर्षीय श्रीमती कमला खड्काको घाँटी थिचेर हत्या गरेका हुन्।

रक्सी सेवन गरेर आएका खनालले श्रीमतीको घाटी थिचेर हत्या गरेको रूकुम पश्चिमका प्रहरीले जनाएको छ। उनले सधै रक्सी सेवन गरेर श्रीमतीसँग झगडा गर्नेगरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

श्रीमतीको घाटी थिचेर हत्या गरेपछि आत्महत्या गरेको पुष्टी गराउन मृतकको सल प्रयोग गरेर झुड्याएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। हत्याका आरोपी खनाललाई जिल्ला कारागार म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !
विचार