Logo
१२ श्रावण २०८३, मंगलवार
|  Wed Jul 29 2026

आज घट्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?


नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर ९३ हजार १०० मा आएको छ । आइतबार प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ । जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ९०० तोकिएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २६५ मा आएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार