Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

माधव नेपाललाई भेटेपछि प्रचण्ड पुगे बालुवाटार


एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग उनकै निवास कोटेश्वरमा भेटवार्ता गरेपछि माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । गठबन्धन सरकारका साझा नीति तथा कार्यक्रम, मन्त्रीपरिषद विस्तार लगायतका विषयमा भेटवार्ता केन्द्रीत भएको बालुवाटार स्रोतले जनाएको छ ।
बिहान कोटेश्वरमा माधव नेपालसँगको भेटवार्तामा पनि सोही विषयमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रीपरिषद विस्तारमा ढिलाई गर्न नहुनेमा सबै नेताहरु सहमत देखिएका छन् ।
एमालेको माधवकुमार नेपाल तर्फबाट पनि सरकारमा सहभागीताका विषयमा नेताहरुबीच कुराकानी भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार