Logo
१२ असार २०८३, शुक्रबार
|  Fri Jun 26 2026

पासाङ दावा शेर्पाले रक्सी दिएर राजेश पायल राईसंग मागे माफी


गायक राजेश पायल राईले आफुलाई आक्रमण गर्ने पासाङ दावा शेर्पालाई माफी दिएका छन् । शेर्पाले रक्सी र खादा सगुन दिएर माफी मागेपछि राईले माफ गरिदिएका हुन् ।

उनले माफी मागेको भिडिओ सार्वजनिक भएको छ जहाँ दुवै जना खुसी देखिन्छन्।​ गायक राईले माफी दिने भन्दा आत्मालोचना गर्ने महान् भएको भन्दै क्षमा दिएका छन्। उनले आफूले पनि माफी दिएको र आफ्ना समर्थकलाई गाली गलौज नगर्न पनि आग्रह गरेका छन्।

आदिवासी जनजाति समुदायमा कुनै गल्ली गरे भद्रमलाद्‌मीको उपस्थितिमा रक्सी राखेर माफी माग्ने चलन छ। यसरी माफी मागे गल्ती गर्नेलाई माफी दिइन्छ।


प्रतिक्रिया दिनुहोस !
विचार