नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको हो।
महासंघका अनुसार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ७ सय रुपैयाँ पुगेको छ।
चाँदीको भाउ पनि मंगलबार प्रतितोला १० रुपैयाँले घटेको छ। यससँगै चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।




