Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

बाँदर भेषको जुलुस : उल्टै उडाइयो ओली पक्षको खिल्ली


मंगलबार नयाँ बानेश्वरमा एमालेको ओली पक्षीय युवा संघले माधवकुमार नेपाल पक्षीय नेता तथा सांसदको खिल्ली उडाउन बाँदरको भेषमा जुलुस निकाले । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसद बाँदरे प्रवृत्तिका भएको भन्दै उनीहरुले ती सांसदको आलोचना गरे । तर, त्यसको असर भने उल्टै ओली पक्षमाथि परेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ओली पक्षले आफ्नो वास्तविक रुप देखाएको भन्दै आलोचना गरेका छन् । बाँदर भेषको जुलुसकाप्रति टीप्पणी गर्दै उनीहरुले जुलुसमा सहभागीहरुलाई ओलीका सच्चा हनुमान भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार