Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

चिसो र शीतलहरका कारण कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु


केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा गरी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन्।

यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए।यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता यादवले बताइन्।

अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालयसमेत बिदा दिएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार