Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

भारतमा कोरोनाको तेस्रो लहर सुरु, एकैदिन थपिए ९० हजार संक्रमित, नेपालमा छैन सावधानी


भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ९० हजार ९२८ नयाँ संक्रमित थपिएका हुन्। यो एकैदिन थपिएका अहिलेसम्मकै धेरै संक्रमित हो ।

एक साताअघिको तुलनामा भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या झण्डै ६ गुणाले बढेको छ। कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै भारतमा कोरोनाको तेस्रो लहर फैलिएको हो।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा मात्र २६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। त्यस्तै पश्चिम बंगालमा १० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने दिल्लीमा नयाँ संक्रमितको संख्या १० हजारभन्दा धेरै छ।

भारतमा तेस्रो लहर सुरु भइसक्दा समेत खुल्ला सीमा रहेको नेपालमा कुनै सावधानी अपनाएको पाइएको छैन । विज्ञहरुले माघको दोस्रो सातामा नै नेपालमा संक्रमणदर उच्च हुनसक्ने चेतावनी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार