Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

भीम रावलपछि कांग्रेसका अमरेशकुमारको राजीनामा


नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएको प्रसंग सेलाउँने नपाउँदै नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पनि राजीनामा दिने घोषणा गरेका छन् ।
सर्लाही क्षेत्र नं ४ बाट निर्वाचित सांसद अमरेशकुमार सिंहले पार्टीभित्र क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएको आरोप लगाउँदै सांसद पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । पार्टीका इमान्दार नेता कार्यकर्ताको मुल्यांकन पार्टीभित्र हुन छोडेको भन्दै सिंह प्रधानमन्त्री शेरबहादुर देउवासँग असन्तुष्ट रहँदै आएका छन् ।
सिंहले राजीनामा दिने घोषणा गरिरहेका बेला नेपाली कांग्रेसकै केही नेताहरुले भने सिंहको घोषणालाई मन्त्री पदका लागि गरिएको बार्गेनिङ भनी टीप्पणी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार