साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि उही रहेको हो ।
यस्तै आज तेजाबी सुन तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ । गत शुक्रबार पनि तेजाबी सुन यहि मूल्यका कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि कुन घटबढ नभइ समान मूल्यमा कारोबार भएको हो ।




