Logo
१३ आश्विन २०८३, मंगलवार
|  Tue Sep 29 2026

प्रि ओपनमै ७ अंक बढ्यो नेप्से


साताको पहिलो कारोबार दिन आज प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ७ अंक बढेको छ। गत विहीबार ४३.२९ अंक बढेर २६९२.४७ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ७.४० अंक बढेर २६९९.८८ विन्दुमा पुगेको छ।

आजको प्रि ओपन सेसनमा १५ कम्पनीको १९ लाख ७१ हजार ४६५ रुपैयाँ ४० पैसा बराबरको ३ हजार ८२५ कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएकामध्ये १२ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार