साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । पुस मसान्त नजिकिँदै गर्दा तरलतामा चाप अझै पर्ने समाचार आइरहँदा पनि शेयर बजार भने गएको साताबाटै लगातार बढिरहेको छ ।
आज बजार परिसूचक नेप्से ७३.०१ अंकले बढेर २७।४७ अंकमा बन्द भएको छ । बजार परिसूचकसँगै कारोबार रकम पनि बढेर सात अर्ब रुपैयाँ नाघेको छ । पछिल्लो ६ कारोबार दिनमै नेप्से २४०.९८ अंकले बढेको छ ।
आज नेप्सेमा एक करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर खरिद–बिक्री हुँदा सात अर्ब १० करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचकसँगै सबै उपसूचकमा पनि हरियाली छाएको छ ।
कारोबार रकममा वृद्धि हुँदा अपि पावर कम्पनीको सर्वाधिक २९ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार नेप्सेमा १९० कम्पनीको शेयर कारोबार हुँदा १८३ कम्पनीको शेयर मूल्य बढेको छ । ६ कम्पनीको सेयर मूल्य घट्दा एक कम्पनीको शेयर मूल्य भने स्थिर छ ।




