त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब डेढ महिनाको अवधिमा लगभग १५५ किलो सुन नियन्त्रणमा लिइएको छ ।
आइतबार बसेको मन्त्रालय अन्तर्गत उच्च स्तरीय व्यवस्थापन समुहको बैठकमा भन्सार कार्यालयले दिएको जानकारी अनुसार ३ हजार ५२० जना यात्रुबाट उक्त सुन नियन्त्रणमा लिएको हो । नियन्त्रित सुन अहिलेको प्रचलीत बजार मुल्य अनुसार १ अर्ब २२ करोड भएको पाइएको छ ।
जम्मा नियन्त्रणमा लिएकोे १५५ किलो सुनको राजस्व १४ करोड ७० लाख हुन्छ । ३ हजार ४५४ जना यात्रुले भने राजस्व भुक्तानी गरेर सुन लिएका छन् । बाँकी भने भन्सार कार्यालयमा नै रहेको बताइएको छ ।




