कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गरेको छ ।
बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी पार्टीको नाम परीवर्तन गर्दै माओवादी केन्द्र समाजवादी राखिएको जानकारी दिइएको हो ।
विशेष अवस्थामा कारण पार्टीको नाम परिवर्तन गर्नुपरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
साउन ४ देखि ६ गतेसम्म बसेको बैठकले पार्टीको ९ औं महाधिवशनको मिति समय तय गरिएको जनाइएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार २०७८ फागुन १ देखि ३ गतेसम्मका लागि पार्टीको ९ औं महाधिवेशन तय गरिएको छ ।