Logo
१२ श्रावण २०८३, मंगलवार
|  Wed Jul 29 2026

आज घट्यो सुन-चाँदीको मूल्य, कति पुग्यो तोलाको ?


सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। यस्तै तेजाबी सुन तोलामा ९० हजार ८०० कारोबार भएको छ ।

यसअघि आइतबार छापावाल सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा रु ५ ले घटेको छ । आइतबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर तोलामा १ हजार २२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार