Logo
२७ बैशाख २०८३, सोमबार
|  Mon May 11 2026

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय


शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको निर्णय अनुसार जाने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताए ।

आइतबार बसेको कोरोनासम्बन्धी बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

सीसीएमसी बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन पनि रोक लगाएको छ। त्यस्तै राजनीतिक दलहरूलाई ठूला भेला-कार्यक्रम नगर्न र विभिन्न संघ(संस्थालाई महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न पनि आह्वान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार