Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

ओलीले आफूलाई श्री ५ महाराजाधिराज नै ठाने : माधव नेपाल


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई श्री ५ महाराजाधिराजको संज्ञा दिएका छन् ।
महाराजाधिराजले झैं आफूहरुलाई आममाफी दिएको घोषणा ओलीका मुखबाट सुन्दा आफूलाई हाँसो उठेको उनको भनाई छ । पुष्पलाल स्मृती दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने दिन ओलीले ठूलो षड्यन्त्र गरेपनि त्यो सफल हुन नदिइएको बताए ।

ओलीका विरुद्ध उभिएका सबै सांसदप्रति नेपालले कार्यक्रमबाटै सलाम व्यक्त गरेका थिए । एमालेका २२ जना सांसदले त्यो दिन लिएको जोखिम इतिहासले सम्झने उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार