शेयर बजार परिसूचक नेप्से आज पनि बढेको छ । आज बजार १९.४३ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक दुई हजार ७८४.९५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.१६ अंकले बढेर ५२२.५३ को विन्दुमा पुगेको छ। आज कारोबार रकम ७ अर्ब १२ करोड रुपैयाँ बढीको भएको छ।
आज जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै दुई सय १८ अङ्कले बढेको छ । त्यस्तै निर्जीवन बीमा समूहको शेयर एक सय ९०, अन्यको एक सय १३, फाइनान्सको ७८, व्यापारको ५७ र जलविद्युत् समूहको शेयर ४० अङ्कले बढेको छ ।
आज २३६ कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर सात अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज मध्यभोटेकोसीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।




