आइतबार बसेको सीसीएमसी बैठकले मानिसको जमघट हुने विभिन्न स्थानहरुमा जान अब खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ ।
आगामी माघ ३ गते देखि रेष्टुरेन्ट , फिल्म हल , क्लब , सपिङ मल , पार्क लगायत विभिन्न सार्वजनिक स्थानमा प्रवेश गर्न अनिवार्य खोप कार्ड देखाउनु पर्ने कोभिड –१९ संकट व्यवस्थापन समन्वय केन्द्रले जनाएको छ ।
सार्वजनिक स्थानमा भिडभाड गर्न रोक लगाए सँगै राजनीतिक भेला र मेला महोत्सवमा समेत बन्देज लगाइएको छ । यस्तै माघ १५ गते सम्मका लागि विद्यालयहरु बन्द गरिएको छ ।








