नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बन्न चाहनेको लर्कोका कारण आफू केहीदिनदेखि निकै तनाबमा रहेको बताएका छन् ।
कम्युनिष्ट नेता नरबहादुर कर्माचार्यको आठौं स्मृती दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादीका सबैजसो सांसदहरु मन्त्री बनाइदिन भन्दै आफुसँग आएपछि निकै तनावमा भएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रचण्डले सत्ता गठबन्धन टुटाउन ओलीले टर्च बालेर हेरिरहेको आरोप समेत लगाए । नपत्याउँदो किसिमले गठबन्धनलाई टुटाउन सकिन्छ कि भनेर ओलीले पटक पटक कसरत गरिरहेको उनको भनाइ थियो ।