Logo
१३ आश्विन २०८३, मंगलवार
|  Tue Sep 29 2026

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा पुगेको छ।

चाँदीको भाउ पनि मंगलबार तोलामा १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार