त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ। कार्यालयले मंगलबार एक सूचना जारी गर्दै कोभिड–१९ को जोखिमका कारण अति नै जरुरी अवस्थामा बाहेक भिजिटर पास उपलब्ध नगराइने जनाएको हो ।
कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सर्वसाधारणलाई विमानस्थलमा स्वागत र बिदाइमा नआउन अनुरोध गरेको छ । हवाइ यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताका कारण कार्यालयले यसअघि पनि पटक–पटक आग्रह गर्दै आएको थियो।तर, विमानस्थलमा भीडभाड कम नभएपछि कार्यालयले पुनः यस्तो आग्रह गरेको हो।
हवाइ यात्रा गर्दा स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको परिपालनका लागि पनि कार्यालयले अनुरोध गरेको छ।






