सत्तारुढ दल नेपाली कांग्रेसले वडा तहका अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । महाधिवेशनको मिति समेत तोकिएको अवस्थामा कांग्रेसले वडा तहको अधिवेशन भने स्थगित गर्ने निर्णय गरेको हो ।
पार्टीमा क्रियाशील सदस्यता विवाद बढ्दै गएपछि कांग्रेसले १२ गते हुने वडा तहका अधिवेशन स्थगित गरेको घोषणा गरेको छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले वडा तहको अधिवशेन स्थगित गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
अब वडा अधिवेशन कहिले गर्ने भन्ने विषयमा भने कांग्रेसले केही निर्णय गरेको छैन ।