Logo
३० श्रावण २०८३, शनिबार
|  Sun Aug 16 2026

आधा युरोप ओमिक्रोनको चपेटामा पर्ने डब्लुएचओको चेतावनी


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आगामी छ देखि आठ हप्ताभित्र आधा युरोप कोरोना भाइरसको चपेटामा आउने बताएको छ। डब्लूएचओले चेतावनीसहितको यो अनुमान सन २०२२ को पहिलो हप्तामा युरोपमा देखिएका ७० लाख संक्रमितहरूलाई आधार मानेर गरेको जनाएको छ।

सन् २०२२ को पहिलो हप्तामा ७० लाख नयाँ संक्रमित थपिएका छन्। दुई हप्ताको अन्तरमा संक्रमितको संख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ। डब्लुएचओका डाक्टर हान्स क्लुगले डेल्टा भेरियन्टको संक्रमण फैलिरहेकै बेला अहिले ओमिक्रोन भेरियन्ट ज्वारभाटाको गतिमा फैलिरहेको बताएका छन्।

सियाटलमा रहेको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएयनले गरेको अध्ययनलाई उद्धृत गर्दै उनले युरोपका आधा जनसंख्यामा अबको छ देखि आठ हप्ताभित्र ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्ने बताए। उनका अनुसार युरोपेली र मध्य एसियाली देशहरू ओमिक्रोन भेरियन्टको तीव्र चपेटामा छन्।


प्रतिक्रिया दिनुहोस !
विचार