Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

प्रधानमन्त्रीको कुर्सी खाली राखेर देउवाले गरेको के ? भयो आलोचना


शनिबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा नबसेको विषयले यतिबेला धेरैको ध्यान तानेको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू समानका नेताहरुको अपमान गर्नेगरी कहिले कुर्सी झिकिदिने त कहिले सोफा सारिदिने गरेका समाचार यसअघि सार्वजनिक हुँदै आएकोमा यसपटक भने प्रधानमन्त्री देउवा आफ्नो कुर्सीमा नै नबसेको भन्दै आलोचना शुरु भएको छ ।
शनिबार साँझ सत्तारुढ ५ दलको बैठक बस्दा प्रधानमन्त्री देउवा प्रधानमन्त्रीको कुर्सीमा नबसी सोफामा बसेको तस्बीर सार्वजनिक भएको थियो । सबै नेताहरु समान भएको देखाउने अभिप्रायले प्रधानमन्त्री देउवा कुर्सीमा नबसेर अरु नेताहरुसँगै सोफामा बसेको अनुमान गरिएपनि यसलाई धेरैले नचाहिँदो स्वाङ भनी टीप्पणी गरेका छन् ।
गठबन्धन सरकार अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बसेको ५ दलको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । तर, प्रधानमन्त्री देउवा बैठकका क्रममा प्रधानमन्त्री बस्दै आएको कुर्सीमा नबसी जसपा अध्यक्ष उपेन्द्र यादवसँगै सोफामा बसे भने बैठक हलको अर्को सोफामा माधव नेपाल, प्रचण्ड र चित्रबहादुर केसी बसे । प्रधानमन्त्रीको कुर्सी खाली राखेर देउवा सोफामा बसेको त्यो दृश्यलाई धेरैले अनौठो रुपमा लिएका छन् ।
प्रधानमन्त्री व्यक्ति नभएर संस्था भएका कारण संस्थाको अपमान हुनेगरी देउवाले कुर्सी छोड्नु ठीक नभएको नागरिक समाजका अगुवा गणेशकुमार मण्डलले बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको यो बसाई राष्ट्रियको कार्यकारी प्रमुखको कुर्सी खाली राखेर सोफामा बस्नु त्यसमा देशका सिर्सर्थ नेताहरु आफू सरहकै हैसियत प्रधानमन्त्री पदमा आशिन ब्यक्ति बसेको देखेर खुशी हुनु कदापि राम्रो हुन सकिदैनौ । हामी कस्तो संस्कारको बिकास गर्दैछौ ?? प्रधानमन्त्री ब्यक्ति होईन संस्था हो यसको सम्मान गर्नु सबैको कर्तव्य हो ।

’ यस्तै पत्रकार नवराजसिंह महराले पनि प्रधानमन्त्री देउवाको यो शैलीलाई रुचाएका छैनन् । उनले पनि लेखेका छन्,‘

बे)अर्थकाे तस्बीर !

प्रधानमन्त्री आफ्नाे ठाउँमा बस्दा नै राम्राे हुनेछ ।
त्यसैले प्रधानमन्त्रीकाे बसाइकाे भद्र विराेध गराैँ, प्रधानमन्त्री आफ्नै कुर्सीमा बस्नुस् !!
कि प्रधानमन्त्री पद खाली छ भन्ने सन्देश दिन खाेजिएकाे हाे र ?


प्रतिक्रिया दिनुहोस !
विचार