नेपाली बजारमा आज पनि सुन-चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९२ हजारमा पुगेको छ।
चाँदीको भाउ पनि बिहीबार प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी तोलाको १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ।




