जबर्जस्ती करणी मुद्दमा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्व सभामुख कृष्णबहादुर महराले उच्च अदालतबाछ पनि सफाइ पाएका छन् ।
महराविरुद्धको मुद्दाको सुनुवाई गर्दै उच्च अदालत पाटनले यसअघि जिल्ला अदालत काठमाडौंले गरेकै फैसलालाई सदर गरिदिएको हो ।
काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका महराविरुद्ध २०७७ पुस १७ गते उच्च अदालत पाटनमा रिट दायर भएको थियो । महरा संसद सचिवालयकै एकजना कर्मचारीलाई जर्बजस्ती करणी गरेको आरोपमा २०७६ असोज १९ गते सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।
पक्राउ पर्नुभन्दा ५ दिनअघि महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।