Logo
१३ आश्विन २०८३, मंगलवार
|  Tue Sep 29 2026

आज घट्यो सुन-चाँदीको मूल्य, कति पुग्यो तोलाको ?


साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन ९२ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यता आज तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै घट्दै ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार