शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको लागि तय भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल स्थगित भएको छ । च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना संक्रमण भएपछि उक्त खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
च्यासलले आफ्नो १९ खेलाडीलाई कोरोना संक्रमण देखिएपछि पुलिस विरुद्ध खेल स्थगित गर्न एन्फासँग प्रस्ताव गरेको र त्यसपछि एन्फा लिग कमिटीले मेडिकलक कमिटीसँग सल्लाह लिएर खेल स्थगित गर्ने निर्णय गरेको हो ।
अब उक्त खेलको नयाँ मिति तोकिने एन्फाले जनाएको छ । अन्य क्लवका खेलाडीहरुको पनि कोरोना परीक्षणको तयारी गरिएको छ ।






