Logo
१३ आश्विन २०८३, मंगलवार
|  Tue Sep 29 2026

करोडौं राजश्व छलेर विदेश भाग्न लागेका क्यासिनो सञ्चालक विमानस्थलबाट पक्राउ


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्टका निमित्त प्रमुखकार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाएको छ । क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई रु १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेकाले मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा नेपाल छाड्न रोक लगाइएको हो ।

गएराति १० बजे साउथ अमेरिका उड्न लागेका क्यासिनोका निमित्त सीईओ बोल्सोभरलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ ।

उनले ओसिपी एसियाको लगानीमा काठमाडौंको लाजिम्पाटस्थित साङ्ग्रिला होटल र भैरहवास्थित टाइगर प्यालेसमा सञ्चालित दुई क्यासिनोको राजस्व तिरेका थिएनन् ।


प्रतिक्रिया दिनुहोस !
विचार