कोरोना विरुद्धकको खोप लगाउने दरमा कमी देखिएपछि अमेरिकी सरकारले आकर्षक योजना अघि सारेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिने घोषणा गरेका छन् । । संक्रमण बढिरहेको तर, खोप दरमा भने कमी आएपछि बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले राज्यहरुलाई १०० डलर उपलब्ध गराउँन आह्वान गरेका हुन् ।
अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ । बाइडनले संघीय सरकारका कर्मचारीका लागि खोप सम्बन्धी कडा नीति सार्वजनिक गरेका छन् । जारी निर्देशन अनुसार अब काममा रहन चाहने कर्मचारीहरूले खोप लगाएको प्रमाण अनिवार्य रुपमा देखाउनुपर्नेछ ।