Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

कोरोनाको हटस्पट बन्दै काठमाडौं उपत्यका, एकैदिन थपिए ३ हजार ९३९ संक्रमित


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९३९ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा ती संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा धेरै २ हजार ९४३, ललितपुरमा ७९५ र ललितपुरमा २०१ जना संक्रमित थपिएका छन्।

उक्त अवधिमा देशभर ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको मन्त्रालयले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार