Logo
१४ आश्विन २०८३, बुधबार
|  Wed Sep 30 2026

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ।

महासंघका अनुसार यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ६ सय रुपैयाँ पुगेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ भने बुधबार स्थिर देखिएको छ। चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार