आज नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । मंगलबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक सय रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार २०० तोकिएको छ ।
आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार २८५ पुगेको छ ।








