Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

अफगानिस्तानमा रक्षामन्त्रीकै घरमा बम आक्रमण, ४ आक्रमणकारी मारिए


संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले द्धन्द अन्त्यको अपिल गरेसँगै अफगानिस्तानका रक्षामन्त्रीको घरमा ठूलो आक्रमण भएको छ । रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको हो । आक्रमणमा परी चार जनाको मृत्यु भएको छ ।
अज्ञात समूहले कार बम र गोलीमार्फत आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह घरमा थिएनन् भने उनको परिवारका सदस्यहरुलाई पनि सुरक्षित तरिकाले बाहिर निकालिएको थियो ।
घटनामा संलग्न चार जना आक्रमणकारीको मृत्यु भएको बुझिएको छ । घटनामा ११ जना घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार