Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

हँसिया र ढुंगा प्रहार गरेर श्रीमतीले गरिन श्रीमानको हत्या


रोल्पामा एक महिलाले पतिको हत्या गरेकी छन्। सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले हँसिया र ढुंगाा प्रहार गरी ४५ वर्षीय पति काले पुनको हत्या गरेको प्रहरीले जनाएको छ।

मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा हँसिया र ढुंगा प्रहार गरेको बताइएको छ । पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको थियो।

घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण रानाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !
विचार