Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज पनि


नेकपा एमालेको माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज पुनः बस्दैछ ।
बिहिबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठक आज पुनः बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेबाट नयाँबानेश्वरको बुद्ध नगरस्थित क्वालिटी बैंक्वेटमा बस्ने तय भएको माधव नेपाल पक्षका एक नेताले जानकारी दिए ।
बिहिबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुले आफूहरुको समुह सरकारमा जानुपर्ने धारणा राखे भने स्थायी समिति सदस्यहरु केही नरम रुपमा प्रस्तुत भएका थिए । लामो समय पार्टीभित्र प्रतिपक्ष र सरकारमा सत्ता पक्ष जसरी प्रस्तुत हुन नहुने भन्दै केन्द्रीय सदस्यहरुले पार्टी विभाजन गर्नुपर्ने अवस्था आएपनि त्यसलाई सहज रुपमा लिनुपर्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार